CLICK HERE TO PLAY VEDIO

Sunday 20 May 2012

प्रधानमन्त्रीले बोलाएको तीन दलको बैठक एमाले र काग्रेसद्धारा बहिस्कार

११ प्रदेशमा विषयमा तीन दलले गरेको सहमतिको विरोधमा चौतर्फि आन्दालन हुन थालेपछि समाधानको उपाय खोज्न प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आज बोलाएको तीन दलको शिर्ष बैठक एमाले र काग्रेसले बहिस्कार गरेका छन् । एमाले र काग्रेसका नेताहरुले सरकारमा बसेर माओवादीले आफै नेपाल बन्द गराएर मुलुकमा संकटकाल लगाउन खोजेको आरोप लगाउँदै बैठक बहिस्कार गरेका हुन ।


उनीहरुले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आदीवासी जनजाती नेताहरुलाई सडकमा प्रतिकार गर्न उक्साएर बन्द गर्न लगाएको भन्दै माओवादीले मुलुकमा मुडभेड निम्त्याउन खोजेको र अराजकता मच्याई रजाई गर्न खोजेको आरोप पनि लगाए । उनीहरुले माओवादी सहमति भाड्न माओवादीले बन्दको ग्राईण्ड डिजाईन गरेको भन्दै सरकारले आब्हान गर्ने छलफलमा सहभागी नहुने बताएका छन् । आफ्नै निवासमा प्रधानमन्त्रीले छलफलको तयारी गरे पनि दुई दलका नेताले बहिस्कार गरे पछि बैठक स्थगित बनेको स्रोतले जनाएको छ । frm dc

No comments:

Post a Comment